back
stc
prabhu insurance

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख ४२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख ४२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको २ लाख ४२ हजार ३५४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौं कमलादीस्थित आईटी प्लाजामा रहेको बैंकको शेयर रजिस्ट्रारको कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।