back
stc
prabhu insurance

प्रभु बैंक लि. द्धारा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौं लाई संस्थागत सामाजिक उत्तरदायित्व  (CSR) अन्तर्गत  डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौ । महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR)अन्तर्गत व्यवस्थापन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड प्रदान गरिएको हो ।

यस सहयोगबाट डिजिटल शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा प्रभु बैैक लिमिटेडका तर्फबाट प्रमुख बजार व्यवस्थापक  दिपेन्द्र बाबु बिष्ट, मार्केटिङ्ग म्यानेजर  सबिन राणा तथा त्रिभुवन विश्वविद्यालयको तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका प्रमुख, प्रोफेसर भवानी शंकर आचार्य, डा. सुनिता भण्डारी तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रभु बैंकले आगामी दिनहरुमा पनि शिक्षा, स्वास्थ र सामुदायिक विकासको क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६५ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।