थाइल्याण्डमा यामाहाका उत्कृष्ट डिलर सम्मानित, नेपालमा इलेक्ट्रिक बाइक सार्वजनिक गर्ने घोषणा
काठमाडौँ । यामाहा नेपालले आफ्नो पार्ट्नर्स मीट २०२६’ थाइल्यान्डमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहभागी हुन थाइल्याण्ड गएका कम्पनीका साझेदा तथा टिम पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
जुलाई २७ देखि ३१ सम्म पटाया र बैंककमा आयोजित सो कार्यक्रममा गत वर्ष उत्कृष्ट प्रदर्शन गर्ने बी एण्ड बी अटो ट्रेडर्स, एमएडब्लु नेपालगञ्ज, लुम्बिनी अटो वर्क्स, राज मोटर्स, र भीएडब्लू इन्टरप्राइजेज लगायतका डिलरहरूलाई विभिन्न विधा तथा क्याटेगोरीमा सम्मान गरिएको थियो ।
सो अवसरमा यामाहा मोटर इण्डिया ग्रुपका अध्यक्ष हाजिमे अओटाले नेपाल इलेक्ट्रिफिकेसनका लागि उपयुक्त र महत्त्वपूर्ण बजार रहेको बताउँदै भारतबाहिर पहिलोपटक ‘ई जिरो सिरिज ’ इलेक्ट्रिक मोटरसाइकल नेपालमा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।
साथै, एमएडब्लू राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवालले डिलरहरूको सामूहिक प्रयास र योगदानप्रति आभार व्यक्त गर्दै आगामी वर्ष लक्ष्यभन्दा अझ बढी सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।
भ्रमणका क्रममा सहभागीहरूले व्यापारिक छलफलका साथै थाइल्याण्डका प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन र सांस्कृतिक अनुभव समेत हासिल गरेका थिए ।
वि.सं.२०८३ साउन २१ ०८:४३




















