सानिमा बैंकको ६० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार अग्रवालको नाममा रहेको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकेको छ । नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम संस्थापक शेयर किन्न पाउने पहिलो हक अन्य विद्यमान संस्थापक शेयरधनीहरूमा रहने भएकाले हाल उक्त शेयर बैंकका शेयरधनीले मात्रै खरीद गर्न सक्नेछन् ।
उक्त शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरूले आगमी ३५ दिनभित्र आवश्यक कागजात सहित नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ ।
वि.सं.२०८३ साउन २४ ०७:३३




















