अन्नपूर्ण केबलकारमा विभिन्न प्राविधिक पदहरूका लागि कर्मचारी माग
काठमाडौं । पोखराको सराङकोटमा सञ्चालित अन्नपूर्ण केबलकार लिमिटेडले विभिन्न प्राविधिक पदहरूका लागि कर्मचारी माग गरेको छ । कम्पनीले दक्ष, अनुभवी र ऊर्जावान् जनशक्तिको खोजी गर्दै मेकानिकल र इलेक्ट्रिकल ओभरसियर पदमा आवेदन आह्वान गरेको हो ।
सूचना अनुसार, कम्पनीले १ जना मेकानिकल ओभरसियर र २ जना इलेक्ट्रिकल ओभरसियर गरी कुल ३ जना कर्मचारी माग गरेको छ । यी पदहरूका लागि आवेदन दिन इच्छुक उम्मेदवारले मेकानिकल वा इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
साथै, सम्बन्धित क्षेत्रको सञ्चालन तथा मर्मत सम्भार कार्यमा कम्तीमा १ वर्षको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ । केबलकार वा सोही प्रकृतिका उद्योगमा अनुभव भएका उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
छनोट भएका कर्मचारीहरूले आफ्नो अनुभव र दक्षताका आधारमा आकर्षक एवं आपसी समझदारीमा तय गरिने पारिश्रमिक प्राप्त गर्नेछन् ।
साथै, कम्पनीको नीतिअनुसार थप सुविधाहरू समेत उपलब्ध गराइनेछ । इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आफ्नो अद्यावधिक व्यक्तिगत विवरण (सीभी) र आवश्यक कागजातहरू कम्पनीको इमेल ठेगाना
admin@annapurnacablecar.com.np मा पठाउनुपर्नेछ । प्राप्त आवेदनहरूमध्ये प्रारम्भिक छनोट (शर्टलिस्ट) मा परेका उम्मेदवारहरूलाई मात्र थप छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ ।
वि.सं.२०८३ साउन २६ ०८:४२




















