राष्ट्रिय सूचना दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैँ
काठमाडौं । राष्ट्रिय सूचना दिवस नेपालमा हरेक वर्ष भदौ ३ गते मनाइन्छ। जनआन्दोलन–२ सफल भए पछि २०६४ साल भदौ ३ गते ‘सूचनाको हकसम्बन्धी ऐन, २०६४’ लागू भएको थियो। सोही दिनको स्मरणमा हरेक वर्ष भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउन थालिएको हो।
यो दिवसको अवसरमा राष्ट्रिय सूचना आयोग तथा देशैभरिका जिल्ला प्रशासन, स्थानीय तह र सार्वजनिक निकायहरूले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन । आज सूचनाको हकका क्षेत्रमा योगदान पुर्याउने अभियन्ता, पत्रकार र उत्कृष्ट सूचना अधिकारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिन्छ। आजै सचेतनामूलक अन्तरक्रिया, गोष्ठी, विचार विमर्श र प्रचार प्रसारका कार्यक्रमहरू आयोजना पनि गरिन्छ।
नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने मौलिक हक प्रदान गरेको छ। यो दिवस नागरिकको सूचनाको हकको प्रवर्द्धन र सार्वजनिक निकायहरूमा पारदर्शिता कायम गराउने उद्देश्यका साथ मनाइने एक महत्त्वपूर्ण अवसर हो।
सार्वजनिक निकायहरूवाट जनचासोको सुचना लिने अधिकारसँग यो सबन्धित रहेको छ । सरकारी तथा गैरसरकारी कार्यालयले गर्ने कामकारबाही पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउनु यसको उदेश्य हो । यो नागरिक सशक्तिकरणका लागि सबैभन्दा महत्वपुर्ण कडी मध्ये एकको रूपमा लिइन्छ । भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न नागरिकलाई सूचनाको अधिकार’bout सचेत गराउनका लागि यो हक प्रयोग गरिन्छ ।
सुचना पाउने प्रक्रिया सरल बनाउनका लागि ऐनले सर्वसाधारणको हक सुरक्षित गरेको छ । नागरिकले माग गरेको सूचना सार्वजनिक निकायहरूबाट सहज र छिटो उपलब्ध गराउने र लिन यसको प्रयोग गरिन्छ ।
वि.सं.२०८३ भदौ ३ ०८:२०




















