back
prabhu insurance
himalayanlife

रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्वारा रु २५ लाख सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भाद्र १० गने आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्धेश्यले रु.२५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरुको एक दिनको तलब बापत रु.१५ लाख गरी कुल रु.२५ लाख सहयोग गर्ने निर्णय गरिएको छ ।

उक्त सहयोग रकम प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । उक्त सहयोगले प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विपद् प्रभावित समुदाय, मानविय सहायता तथा सामाजिक हितका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने सम्पुर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण, शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रभावित सम्पुर्ण नागरिकको सुरक्षित र सहज जीवनयापनका लागि शुभेच्छा समेत प्रकट गरेको छ ।

बैंकले विपदको समयमा उद्धार, राहत तथा व्यवस्थापन कार्य सक्रिय रुपमा खटिएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानिय तह, स्वयंसेवक तथा सम्पुर्ण सहयोगी हातहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

प्राकृतिक विपद्को यस कठिन घडीमा सबै पक्षको समन्वय, सहकार्य र मानविय सहयोगवाट प्रभावित समुदायलाई राहत तथा पुनःस्थापनामा टेवा पुग्ने भएकोले सम्पुर्ण सरोकारवालाहरुलाई सहयोगको लागि जुट्न समेत आव्हान गरेको छ ।