back
prabhu insurance
himalayanlife

सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड ५१ लाख आर्थिक सहयोग

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि सिद्धार्थ बैंक लिमिटेडले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

विपद्बाट मानवीय  तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको अवस्थामा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुन:स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुन:स्थापना र सामान्य जनजीवनमा फर्काउन भइरहेका सरकारी तथा सरोकारवाला निकायका प्रयास सफल हुने विश्वास व्यक्त गरेको छ ।

सिद्धार्थ बैंकले यसअघि पनि विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ ।

आगामी दिनमा पनि देश तथा समाजलाई आवश्यक परेको अवस्थामा सामाजिक दायित्वअन्तर्गत मानवीय सहयोगलाई निरन्तरता दिने बैंकले प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।