back
prabhu insurance
himalayanlife

बजारमा आज सुन चाँदीको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ। योसँगै प्रतितोला सुन ३ लाख ४ हजार ३ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार प्रतितोला सुन ३ लााख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले घटेको हो ।

आज चाँदी तोलामा ४ हजार ७२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ७६५ रुपैयाँमा किनबेच भएको थियो।