back
prabhu insurance
himalayanlife

दशैँ–तिहार लक्षित एलजीको उपहार– २५ प्रतिशतसम्म छुट

काठमाडौं । दशैँ तथा तिहारलाई लक्षित गर्दै प्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले “LG को उपहार, मनाऔँ दशैँ र तिहार” नामक विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले एलजीका विभिन्न घरायसी उपकरणको खरिदमा २५ प्रतिशतसम्म नगद छुट र आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।

नेपालका लागि एलजीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सका अनुसार ३२ इन्च बाहेकका टिभी, अडियो सिस्टम, भ्याकुम क्लिनर, सिङ्गल डोर तथा ३०८ लिटरसम्मका डबल डोर रेफ्रिजरेटरमा नगद छुटको व्यवस्था गरिएको छ ।

एलजीका अनुसार निश्चित उत्पादनहरूको खरिदमा कम्पनीले आकर्षक उपहारहरूको व्यवस्था गरेको छ। जसअनुसार:

  • वासिङ मेसिन: मोडलअनुसार २ देखि ६ केजीसम्म निःशुल्क सर्फ एक्सेल डिटर्जेन्ट
  • रेफ्रिजरेटर: साइड-बाई-साइडमा माइक्रोवेभ ओभन तथा ३४० लिटरभन्दा माथिका डबल डोरमा मिक्सर
  • डिशवासर: २ प्याकेट फर्च्युन ट्याब्लेट
  • माइक्रोवेभ ओभन: कुकिङ किट
  • एयर कन्डिसनर (AC): निःशुल्क जडान सुविधा

यसका साथै ग्राहकहरूको सहजताका लागि चयनित उत्पादनहरूमा ‘नो-कस्ट ईएमआई’ (शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी) सुविधा पनि उपलब्ध गराइएको छ।