back
prabhu insurance
himalayanlife

प्रभु बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेका छन् ।

बैंकका अनुसार संस्थापक सेयरधनी जमुना कुमारी श्रेष्ठले १ लाख ३१ हजार ७४७ कित्ता, तिलकबहादुर प्रधानले ३८ हजार ४४ कित्ता, भेन्चर होल्डिङ्स प्रालिले १ लाख २६ हजार ५३६ कित्ता र हिमानी शाहले ५ हजार २६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।

त्यस्तै, रन्जीता श्रेष्ठले २८ हजार १३३ कित्ता, मन दाहालले ५ हजार ९४९ कित्ता, कमला अधिकारी सापकोटाले १४ हजार ९०० कित्ता र बेलबहादुर भण्डारीले १ लाख २७ हजार २३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।

बैंकको संस्थापक सेयर खरिद–बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार संस्थापक सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।