back
prabhu insurance
himalayanlife

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले पायो ‘ए माइनस’ रेटिङ

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ‘ए माइनस’ क्रेडिट रेटिङ पाएको छ । कम्पनीले इक्रा नेपालबाट उक्त रेटिङ पाएको हो ।

यो रेटिङले कम्पनी आफ्नो वित्तीय दायित्व समयमै पुरा गर्न पूर्ण सक्षम रहेको र यसमा कर्जा वा लगानीकाे जाेखिम निकै कम रहेको देखाउँछ ।

कम्पनीको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड लाख रुपैयाँ पुगेको छ । बीमा कोषको आकार ८३ प्रतिशतले बढेर ७ अर्ब ८० करोड २२ लाख रुपैयाँ पुगेको छ ।

आव २०८२/८३ को चौथो त्रैमाससम्ममा लगानीबाट हुने आम्दानी २ अर्ब ८२५ करोड रुपैयाँमा पुगेको छ । त्यस्तै कम्पनीको कुल खर्च २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको महाविपत्ति कोषमा ९ करोड ७७ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा १ करोड ८४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.१३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७९.५३ रुपैयाँ रहेको छ ।

कम्पनीका अध्यक्ष हेमराज ढकाल हुन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) योगेशभक्त बादे श्रेष्ठ रहेका छन्।