back
prabhu insurance
himalayanlife

क्याम्पाको ब्रान्ड एम्बासडरमा अभिनेत्री आँचल शर्मा नियुक्त

काठमाडौं । पेय पदार्थ ब्रान्ड क्याम्पाले नेपाली अभिनेत्री आँचल शर्मालाई नेपालका लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।

नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको क्याम्पाले शर्मालाई ब्रान्ड एम्बासडर नियुक्त गरेसँगै युवा उपभोक्तामाझ आफ्नो पहुँच थप विस्तार गर्ने लक्ष्य लिएको छ।

नेपालमा प्रवेश गरेदेखि नै युवा, ऊर्जाशील र सहज पहुँच भएको ब्रान्डका रूपमा पहिचान बनाउँदै आएको क्याम्पाले नेपाली चलचित्र तथा मनोरञ्जन क्षेत्रमा लोकप्रिय शर्मासँगको सहकार्यबाट उपभोक्तासँगको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरेको छ।

शर्माको लोकप्रियता र डिजिटल क्षेत्रमा उनको उपस्थितिले ब्रान्डको प्रवर्द्धनमा सहयोग पुग्ने कम्पनीको विश्वास छ।

ब्रान्ड एम्बासडर नियुक्तिप्रति प्रतिक्रिया दिँदै अभिनेत्री शर्माले क्याम्पासँग आबद्ध हुन पाउँदा उत्साहित र गौरवान्वित भएको बताइन् ।

“क्याम्पा परिवारको हिस्सा बन्न पाउँदा म निकै उत्साहित र गर्व महसुस गरिरहेकी छु। क्याम्पाको युवा, साहसी र ऊर्जाशील व्यक्तित्वसँग म स्वाभाविक रूपमा आफूलाई जोडिएको महसुस गर्छु। ब्रान्डको यही ऊर्जा र भावनालाई प्रतिनिधित्व गर्न पाउँदा म उत्साहित छु,” उनले भनिन्।