back
prabhu insurance
himalayanlife

कुमारी बैंककाे २६ ओैं साधारण सभा सम्पन्न

काठमाडौं । कुमारी बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको २६ औँ वार्षिक साधारण सभा असोज २८ गते बुधबार सम्पन्न भएको हो ।

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८२/८३ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरियो ।

साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरुका लागि प्रस्ताव गरिएको कुल २.१०५३ प्रतिशत (करसहित) लाभांश पारित गरेको छ ।

विगत २५ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २७९ शाखा सञ्जाल, २९४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

काठमाडौं । आज असाेज २८ गते कुमारी बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। साधारण सभाबाट बैंकले नगद लाभांश वितरण गर्ने प्रस्तावलाई समेत पारित गर्दै सम्पन्न भएको छ। उक्त साधारण सभा काठमाडौंको सुवर्ण सम्शेर सडक स्थीत सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्समा सम्पन्न भएको छ ।