back
prabhu insurance
himalayanlife

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको २१औँ साधारण सभा सम्पन्न, अध्यक्षमा दिनेश थकाली चयन

काठमाडौं। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कात्तिक १३ गते शुक्रबार सम्पन्न साधारण सभाले आगामी दुई वर्षका लागि एसोसिएसनको अध्यक्षमा दिनेश थकालीलाई सर्वसम्मत रूपमा चयन गरेको छ।

एसोसिएसनका कार्यवाहक अध्यक्ष थकालीको अध्यक्षतामा सम्पन्न सभामा एसोसिएसनमा आबद्ध सदस्य विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो।

कार्यवाहक अध्यक्ष थकालीले पानसमा दीप प्रज्वलन गरी सभाको औपचारिक शुभारम्भ गरेका थिए। साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ।

साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।गरिमा विकास अनुभवी चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर थकाली कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन्।

उनले बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन तथा सुशासनलाई प्राथमिकता दिँदै दिगो बैंकिङ विकासमा योगदान पुर्‍याउँदै आएका छन्।