सुनको मूल्य बढ्दा चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो।
यससँगै आज प्रतितोला सुन २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ७४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ६७५ रुपैयाँ कायम भएको छ। हिजो तोलाको ३ हजार ७२० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।
वि.सं.२०८३ कात्तिक १७ ११:०९




















