हिमालयन डिस्टिलरीको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म २१ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को असोजसम्म कम्पनीले ९ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १३८.१८ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीले उत्पादन बिक्री गरेर १ अर्ब ७६ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ।
अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको आम्दानी १ अर्ब ७ करोड ५७ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी ६३.८७ प्रतिशतले बढेको छ।
चुक्तापुँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ र सरप्लसमा १ अर्ब ७५ करोड १३ लाख रुपैयाँ रहेको छ।
अघिल्लो वर्ष असोजसम्म रिजर्भ र सरप्लसमा १ अर्ब १८ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा रिजर्भ र सरप्लसको आकार ३२.६२ प्रतिशतले बढेको छ।
समीक्षा अवधि कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २३.३२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.७९ रुपैयाँ थियो। पीई रेसियो ५६.१४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४७.४९ रुपैयाँ रहेको छ।
वि.सं.२०८३ कात्तिक २९ ०८:१६


















