back
prabhu insurance
himalayanlife

नेपाल आयल निगमले पेट्रोलियमको मुल्य हाललाई यथावत राख्ने निर्णय

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियमको मुल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ । चाडपर्व र आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले हालकै खरिद मूल्यका आधारमा पेट्रोल तथा डिजेलको खुद्रा बिक्री मूल्य नबढाई साविककै मूल्य कायम गरेको हो ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीले मूल्य बढाउनुपर्ने देखिए पनि निगम सञ्चालक समितिको निर्णय अनुसार मूल्य यथावत राखिएको छ ।

यसरी मूल्य नबढाइँदा निगमलाई पाक्षिक रूपमा (१५ दिनमा) १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।
निगमले डिपो तथा कार्यालयबाट १५ किलोमिटर परिधिभित्र लागु हुने गरी विभिन्न वर्गमा निर्धारण गरेको छ ।