back
stc
prabhu insurance

लट नं. १ देखि १५ सम्मका बाइक धनीलाई सक्कल फाइल बुझाउन अनुरोध

काठमाडौं . यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधाराले दर्ता भएका दुई पाङ्ग्रे सवारी साधनहरूको विवरण डिजिटाइजेसन गर्ने कार्य अघि बढाएको छ ।

यसै क्रममा, लट नं.१ देखि लट नं.५५ सम्मका सवारीधनीलाई १५ दिनभित्र आफ्ना सक्कल फाइल कार्यालयमा बुझाउन सेवाग्राहीलाई अनुरोध गरिएको छ ।

बुधबार एक सूचना जारी गर्दै कार्यालयले सवारीको अभिलेखलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्न सक्कल फाइल आवश्यक पर्ने भएकाले सम्बन्धित सवारीधनीले तोकिएको समयभित्र फाइल बुझाउन आग्रह गरेको हो ।

समयमै फाइल नबुझाए भविष्यमा सवारी सम्बन्धी प्रशासनिक कार्यहरूमा समस्या आउन सक्ने भएकाले सूचना अनुसार सहयोग गर्न कार्यालयले सवारीधनीहरूलाई आग्रह गरेको छ ।

सूचना