back
stc
prabhu insurance

सस्तो मूल्यमै आयो सनरुफ सहितको हुन्डाई एक्स्टर

हुन्डाईले सनरुफ फिचरयुक्त एक्स्टरको सस्तो भेरिएन्ट लन्च गरेको छ । कम्पनीले नयाँ भेरिएन्टका रुपमा एस स्मार्ट र एसएक्स स्मार्ट ट्रिम लन्च गरेको हो । जसको मूल्य क्रमशः ७ लाख ६९ हजार र ८ लाख १६ हजार भारु निर्धारण गरिएको छ ।

एस ट्रिममा आधारित एस स्मार्टमा सिंगल पेनल सनरुफ, एलईडी डीआरएल, एलईडी टेलल्याम्प, टीपीएमएस, रियर एसी भेन्टहरू र १५–इन्चको स्टील ह्विल उपलब्ध गराइएको छ । एस स्मार्ट सनरुफले सुसज्जित एक्सटरको सबैभन्दा किफायती भेरियन्ट हो ।

एसएक्स स्मार्ट एसएक्स ट्रिममा आधारित छ र इन्जिन स्टार्ट/स्टप बटन, प्रोजेक्टर हेडल्याम्प, लेदरेट सिट अपहोल्स्ट्री, र शार्क फिन एन्टेना सहितको किलेस इन्ट्री लगायत फिचरहरु दिइएको छ ।

दुबै भेरियन्टमा वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो र रियरभ्यू क्यामेरा सहितको ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम राखिएको छ ।

हुन्डाई एक्स्टरमा १.२–लिटर, ४–सिलिन्डर पेट्रोल इन्जिन छ, जसले ८२ बिएचपी र ११४ एनएम टर्क जेनेरेट गर्दछ । यो ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटी टान्समिसन विकल्पमा उपलब्ध छ ।

एक्स्टर नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको मिनी एसयुभी हो । नेपालमा यो ईएक्स, एस र एसएक्स भेरिएन्टमा उपलब्ध छ भने मूल्य क्रमशः ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।