नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने, प्रस्ताव पारित गर्न दुवै कम्पनीले बोलाए असार ५ गते विशेष साधारण सभा
काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने भएको छ । एक्वायर प्रस्ताव पारित गर्न दुवै कम्पनीले असार ५ गते विशेष साधारण सभा डाकेका छन् । नबिल बैंक र युनाइटेड फाइनान्सको विशेष साधारण सभा आआफ्नो केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
कोरोना महामारीका कारण दुवै कम्पनीले भर्चुअल माध्यमबाट साधारण सभा गर्ने भएका छन् । विशेष सभाले युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसका साथै एक्विजिसनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । विशेष साधारण सभा प्रयोजनार्थ दुवै कम्पनीले जेठ २८ गते एक दिन बुकक्लोज गर्ने भएका छन् । तसर्थ, जेठ २७ गतेसम्म कायम सेयरधनीले विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
वि.सं.२०७८ जेठ २१ ०८:४६