कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन
काठमाडौं । कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।
यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक ९।५ ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको कामना सेवा विकास बैंक डिबेन्चर २०८८’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
वि.सं.२०७८ साउन ६ १३:१३




















