back
stc
prabhu insurance

भोली साउन ७ गतेदेखि मुक्तिनाथ ऋणपत्र निष्कासन हुने

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले १ अर्व २५ करोड रुपैयाँ बराबरको ऋणपत्र भोली साउन ७ गतेदेखि बिक्रि खुला गर्न लागेको छ । बैंकले ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ नामक ऋणपत्र निष्कासन गर्न लागेको छ।

बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजर दिने गरि प्रति कित्ता १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र निष्कासन गर्न लागेको छ ।

कुल निष्काशन गरिने इकाइमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी ५ लाख इकाइ सर्वसाधारणका लागि (सोमध्ये ५ प्रतिशत अर्थात २५ हजार इकाइ ऋणपत्रमध्ये १ हजार ५०० इकाइ ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँड पश्चात बाँकी रहेको ३३ हजार ५०० कित्ता ऋणपत्र सहित) निष्काशन गरिनेछ।

बाँकी रहेको २ लाख २५ हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा ५ लाख इकाइसम्म खरिद आवेदन दिन सकिने छ । आवेदन सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट दिन सकिने छ।

ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ११ गते वा ढिलोमा साउन २१ गते हुने भनिएको छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

सात वर्षे यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत असार ८ गते निष्कासन अनुमति दिएको थियो। यसमा लगानीकर्ताले वार्षिक ८.७५ प्रतिशत ब्याज पाउने भएका छन्।