back
hangrilabank
himalayanlife
stc

सिटिजन्स बैंकको १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा 

काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०७७/०७८ मा अधिकांश सूचकमा सुधार गरेको छ । सिटिजन्स बैंकले असार मसान्तको अन्त्यसम्ममा ३३.४०% ले खुद नाफा वृद्धि गरी १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ पुर्याएको छ ।

यस्तै, वितरणयोग्य नाफामा आकर्षक सुधार भएको छ । अघिल्लो वर्ष ८२ करोड ३९ लाख रुपैयाँ मात्र रहेको वितरणयोग्य नाफा अहिले १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी २५.०८% र सञ्चालन नाफा ४३.६६% ले सुधार भएपछि खुद नाफा बढेको देखिन्छ । यस्तै, निक्षेप संकलन र कर्जा लगानी विस्तार गर्न पनि सफल भएको छ ।

सिटिजन्सले सिर्जना फाइनान्सलाई एक्वायर गरी पुँजी बढाएको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५० पैसाले बढेर १५ रुपैयाँ ३८ रुपैयाँ पुगेको छ । खरब कर्जा भने गत वर्षको तुलनामा १.२२% ले बढेर २.७७% पुगेको छ ।