शेयरधनीलाई पुरानो लाभांश लिन हिमालयन बैंकद्धारा आग्रह
काठमाडौं । आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन हिमालयन बैंकले आग्रह गरेको छ । बैंकले आफ्ना विभिन्न साधारण सभाबाट पारित भएको लाभांश रकम तथा बोनश शेयर लिन नआएका शेयरधनीलाई उक्त लाभांश लिन आग्रह गरेको हो ।
बैंकले हालसम्म पनि लाभांश पूर्जा तथा बोनश शेयर प्राप्त गर्न नसेका शेयरधनीले आफ्नो परिचयपत्र वा शेयर प्रमाणपत्र साथमा लिई सूचना प्रकाशित भएको एक महीना भित्रमा हिमालयन क्यापिटलमा गई लाभांश पुर्जा र बोनश शेयर लिन आग्रह गरेको हो ।
बैंकले आर्थिक वर्ष ०५०/५१ देखि ०७१/७२ सम्म लिन बाँकी लाभांशको सूचना जारी बैंकले जनाएको छ । लाभांश भुक्तानी घोषणा गरेको मितिले ५ वर्षसम्म पनि शेयरधनी लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जाने बैंकले बताएको छ ।
वि.सं.२०७८ साउन २२ १४:११



















