back
stc
prabhu insurance

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक अर्ब २६ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि २०७८ साल भदौ १ गतेदेखि २०७९ साल भदौ १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले साउन २७ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाई राष्ट्र बैंकमा निवेदन दिन भनेको छ ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १८ करोड ९० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड ३० लाख रुपैयाँ गरी कूल एक अर्ब २६ करोड रुपैयाँ लगानी गर्न लागेको बताएको छ ।