ओम अस्पतालमा मेगा बैंकका ग्राहकले साढे १० प्रतिशतसम्म छुट पाउने
काठमाडौं । मेगा बैंक नेपालका ग्राहकले ओम अस्पताल तथा रिसर्च सेन्टरमा १०.५० प्रतिशतसम्म छुट पाउने छन् ।
जसको लागि बैंक र ओम अस्पतालबीच स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् ।
यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।
मेगा बैंकका ग्राहकलाई यसअघि देखिनै काठमाडौं लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।
वि.सं.२०७८ भदौ ११ १८:३७


















