back
stc
prabhu insurance

पछिल्लो समय हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या ४२ लाख ६८ लाख ३५२ पुग्यो

काठमाडौं । पछिल्लो समय हितग्राही (डिम्याट) खाता खोल्ने लगानीकर्ताको संख्या ह्वातै बढेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार भदौ १८ गतेसम्म ४२ लाख ६८ लाख ३५२ जनाले डिम्याट खाता खोलेका छन् ।

२०७७ भदौ १६ गतेसम्ममा डिम्याट खाता खोल्नेको संख्या १८ लाख ५२ हजार ६९६ थियो । यसरी हेर्दा १ वर्षको अवधिमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या २४ लाख १६ हजारभन्दा बढी छ ।

एक जनाले २ वटासम्म डिम्याट खाता सञ्चालन पाउने व्यवस्था छ । सीआस्वा सेवा दिने कम्पनीको संख्या ६५ पुगेको छ ।

यसैगरी, ८० संस्थाहरुले डिपी सेवा प्रदान गर्दै आइरहेका छन । अहिलेसम्म ७ अर्ब ३२ करोड भन्दा बढी कित्ता सेयर डिम्याट भइसकेको छ । ५१ वटा कम्पनी क्लियरिङ सदस्य रहेका छन् ।