back
stc
prabhu insurance

राष्ट्र बैंकले १८ अर्ब ५५ करोड सापट दियो

काठमाडौं । तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थालाई आज भदौं २३ गते पनि नेपाल राष्ट्र बैंकले १८ अर्ब ५५ करोड रुपैयाँ स्थायी तरलता सुविधा अन्तर्गत सापटी दिएको छ।

यसमा आज दिनभरीमा ११ पटक कारोबार भएको छ। यो सापटी रकमको ब्याज दर ५ प्रतिशत रहेको छ। ३ प्रतिशत स्थायी तरलता सुविधा (सीआरआर) कायम गर्न पैसा नभएपछि उनीहरुले सापटी चलाएका हुन्।

चालु आर्थिक वर्षमा मात्र बैंकहरुले २ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ एसएलएफ चलाएका छन् । बैंकहरुले ओभरनाइट रिपोसमेत चलाएका छन्।

यसको ब्याज दर ३.५ प्रतिशत हुन्छ । बुधबार ६६ करोड रुपैयाँ चलाएका छन्। चालु आर्थिक वर्षमा १४ अर्ब ५६ करोड रुपैयाँ यसरी बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट चलाइ सकेका छन्।