नबिल दिगो बैंकिङ र नेपाल उद्योग परिसंघ – वूमन लिडरसिप फोरम बीच अन्तक्रिया कार्यक्रम

काठमाडौं । नबिल बैंक र नेपाल उद्योग परिसंघ – वूमन लिडरसिप फोरम (CNI – WLF) ले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो।
(CNI – WLF) संयोजक छाया शर्मा, (CNI – WLF) सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह समेत उपस्थित हुनु भएको उक्त कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुको उपस्थिती थियो ।
कार्यक्रमको सुरुवात गर्दै (CNI – WLF) संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गर्नुको साथै यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुगोस भन्ने कामना गर्नु भयो । साथै उहाँले वित्तिय पहाँच संगसंगै वित्तिय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव दिनु भयो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तिय पहुँचलाई गाउँगाउँमा पु¥याएर त्यहाँ उद्यमीहरुको सिर्जना गरि दिगो विकासमा टेवा पु¥याउने लक्ष्य लिएको बताउनु भयो ।
कार्यक्रमको समापन गर्दै नबिल बैंकका संचालक समेत रहनु भएकी (CNI – WLF) सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पु¥याउन सहयोग गर्ने र आउदा दिनमा यसलाई अझ बढाउदै लगिने बताउनु भयो।
कार्यक्रममा नबिल बैंकका दिगो बैंकिङ तथा यस अन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जाको बारेमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र साना तथा मझौला कर्जा अन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाका बारेमा साना तथा मझौला कर्जा/लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रकाश पार्नु भएको थियो ।
अन्तर्कि्रयाको दौरान विभिन्न महिला उद्यमीहरुले उठाउनु भएका जिज्ञासा तथा सुझावहरुको समेत सम्बोधन गरिएको थियो ।
नबिल बैंकले गत असार १५ गते धान दिवसका दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हँे । सयूक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।
वि.सं.२०७८ असोज ६ ११:५६