सिभिल लघुवित्तको बोनस सेयर घोषणा
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश दिने निर्णय गरेको छ ।
उक्त बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ ।
सिभिलले हाल कायम २४ करोड २१ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो ।
वि.सं.२०७८ असोज १४ १०:३५