back
stc
prabhu insurance

नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सम्पन्न

काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (रु.२०,००,००,०००/– चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने रकम रु.३,८०,००,०००/–) कर सहित वितरण गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्तावहरु पारित भएको छ ।

साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ ।

कम्पनीको साधारण सभा आज २०७८/०६/१८ गते  इन्द्रेणी फुडल्याण्ड, बानेश्वर, काठमाण्डौंमा सम्पन्न भएको हो ।