हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने
काठमाडौं । हिमालयन बैंक लि. ले लाभांश प्रस्ताव गरेको छ। बैंकको हिजो असोज २० गते बसेको संचालक समितिको बैंठकले गत आर्थिक बर्ष आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाटबाट आफ्ना शेयरधनीलाई दिने उक्त लाभांश प्रस्ताव गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७७/०७८ को लागि २१.३६ प्रतिशत बोनश शेयर र ४.६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
वि.सं.२०७८ असोज २१ ०७:५७