सिटिजन्स बैंकको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । सिटिजन्स बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३ सय ५२ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।
आइतबार सोही भाउलाई आधार मानेर यसको सेयर कारोबार खुल्नेछ । नेप्सेले बैंकको १२.९१ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
सभा प्रयोजनका लागि कम्पनीले आज शुक्रबार असोज २२ गते बुक क्लोज गरेको छ । सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १२.९१ प्रतिशत बोनस सेयर र ३.०८ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।
वि.सं.२०७८ असोज २२ ०८:२५