back
hangrilabank
himalayanlife
stc

एक्सेल डेभलमेन्ट बैंकको भोली असोज २५ गते सोमबारबाट हकप्रद सेयर खुल्दै

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले भोली असोज २५ गते सोमबारबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  बैंकले १०ः३ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । यसले प्रतिसेयर १०० अंकित मूल्यमा २४ लाख ३३ हजार ३६३.६७ कित्ता सेयर बिक्री गर्नेछ ।

यस हकप्रदमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिन्छ । हकप्रद निष्कासनका लागि बैंकले असोज १ गतेबाट बुक क्लोज गरेको हो । यस अनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । यस हकप्रदमा एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई इक्राएनपी आइआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ । हाल यस बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ ।

बैंकले यहि पुँजीबाट हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।