नेपाल बंगलादेश बैंकको १५.५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल बंगलादेश बैंकले लाभांश घोषणा गरेकोे छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरी कुल १५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
वि.सं.२०७८ असोज २४ १०:४०