दशैं तिहारको बिदाका दिन हिमालयन बैंकका शाखा खुल्ने
काठमाडौं । हिमालयन बैंक लिमिटेडले बडादशैं र तिहारको बिदाका दिनमा पनि बैंकिङ सेवा प्रदान गर्ने भएको छ। हिमालयन बैंकले बडादशैंको फूलपाती (असोज २६ गते) र महाष्टमीका दिन (असोज २७ गते) ठमेल शाखा खुला राखी बैंकिङ सेवा प्रदान गर्नेछ।
यो शाखा यी दुवै दिन बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म खुला रहने हिमालयन बैंकले जनाएको छ। यसैगरी तिहारको लक्ष्मी पूजाका दिन कात्तिक १८ गते पनि ठमेल शाखा खुला रहने छ। यो दिन ठमेल शाखा बिहान १० बजेदखि अपराह्न १ बजेसम्म खुला रहने बैंकले जनाएको छ।
यसैगरी असोज २१ गतेका दिन प्रदेश नं. १ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो दिन दमक शाखा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खुला रहने बैंकले जनाएको छ। सार्वजनिक बिदाका दिनमा पनि आफ्ना ग्राहकहरुलाई अत्यावश्यक सेवा उपलब्ध गराउने अभिप्रायले यी शाखाहरु खोल्ने निर्णय गरिएको बैंकले जनाएको छ।
वि.सं.२०७८ असोज २४ १३:४१