back
stc
prabhu insurance

दशैंको बिदाका दिन प्रभु बैंकका ३२ शाखाहरु खुला रहने

काठमाडौं । आम ग्राहकको सुविधालाई ध्यानमा राखी प्रभु बैंकले दशैं बिदामा (टीका दिन बाहेक) उपत्यका भित्र ५ वटा शाखा र उपत्यका बाहिर २७ वटा शाखा गरि कुल ३२ वटा शाखा सञ्चालनमा ल्याउने जनाएको छ।

प्रभु बैंकले असोज २६ गतेदेखि असोज ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म यी शाखाहरू सञ्चालन गर्ने जनाएको छ। असोज २९ गते दशैंको टीकाका दिन भने सबै शाखाहरु बन्द रहने छन्।

बैंकले उपत्यकाभित्र ५ र उपत्यकाबाहिर २७ वटा शाखा दशैंको बिदाका दिन पनि खोल्ने जनाएर ग्राहक वर्गको अप्ठेरो फुकाउने भएको छ।

दशैंको बिदाका दिन यी शाखामा निक्षेप जम्मा, चेक चुक्तानी (बढीमा दैनिक १ लाख रुपैयाँसम्म) र रेमिट्यान्स रकम बढीमा ५० हजार रुपैयाँ (सोभन्दा बढी रकमका लागि खाता खोली जम्मा गर्न पाउने) जस्ता सेवाहरू प्राप्त हुने छन्।

No description available. No description available.