back
stc
prabhu insurance

सिटिजन बैंकका ग्राहकलाई लस्कर फुड्समा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पक्नाजोलस्थित लस्कर फुड्स एन्ड डेलिभरि सर्भिसेस प्रा.लि.बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर भएको छ।

उक्त सम्झौतापश्चात सिटिजन्स बैंक लि।का मोबाइल बैंकिङ ग्राहक एवं कर्मचारीले लस्कर फुड्सका विभिन्न सेवाहरुमा विषेश छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकका लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ।

मोबाइल बैंकिङ मार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ इकाइबाट करिब साढे १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

कोभिड महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटल्ली प्रदान गरिरहेको जनाएको छ। यसका साथै कोभिडको त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकले मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि समेत गरेको जनाएको छ।

यस प्रकारका सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकास हुँदै कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको सो बैंकले जनाएको छ।