back
prabhu insurance
himalayanlife

बाणिज्य बैंकहरूको निक्षेप बढयो

काठमाडौं । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको देखिएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको गत असोज १६ गतेदेखि असोज २२ गतेसम्मको तथ्यांकले वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको देखिएको छ।

यो अवधिमा बैंकको निक्षेप संकलन ३७ अर्ब ३४ करोड रुपैयाँले बढेको छ। यो सँगै बैंकहरुको कुल निक्षेप ४२ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। गत असोज १५ गतेसम्म बैंकहरुको कुल निक्षेप ४२ खर्ब १८ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी यही अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ अर्ब २२ करोड रुपैयाँले बढेको छ। गत असोज १५ गतेसम्म कुल कर्जा लगानी ३९ खर्ब ४२ अर्ब रुपैयाँ रहेकोमा असोज २२ गतेसम्म बढेर ३९ खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।