back
stc
prabhu insurance

३ अर्बको ऋणपत्र निष्कासन गर्न सिभिल बैंकले पायो अनुमति

काठमाडौं । सिभिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १ हजार रुपैयाँ दरको ३० लाख कित्ता ‘९५ सिभिल बैंक डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।

बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सिभिलले ऋणपत्र निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ ।