back
stc
prabhu insurance

कामना सेवा विकास बैंकको बोनस सेयर लागि कात्तिक १० गते बुधबार बुक क्लोज

काठमाडौं । कामना सेवा विकास बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार कात्तिक १० गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा कामनाको लाभांश पाउन मंगलबार कात्तिक ९ गतेसम्ममा सेयरधनी बनिसक्नुपर्ने भएको छ । कामनाले यसपटक सेयरधनीलाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव साधारण सभामा पेश गर्दैछ ।

यसको साधारण सभा कात्तिक २३ गते हुने भएको छ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकण्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा सभामा पेश हुनेछ ।

यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।