एनआईसी एशिया क्यापिटलको व्यवसाय उत्साहजनक

काठमाडौं । एनआईसी एशिया क्यापिटल लि.ले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमाससम्ममा समग्र व्यवसाय उत्साहजनक वृद्धि गर्न सफल भएको पाइएको छ। कोरोना महामारीको सन्त्रास पूर्ण रुपमा नहटिसकेको अवस्था, आर्थिक गतिविधिहरु पूर्ण रुपमा संचालनमा नआएको र समग्र मर्चेन्ट बैंकिङ व्यवसायमा तीव्र प्रतिस्पर्धाका बाबजुद पनि क्यापिटलले पहिलो त्रैमास त्रैमासमा समग्र व्यवसाय उत्साहजनक वृद्धि गर्न सफल भएको पाइएको छ।
पहिलो त्रैमासको अन्त्यसम्म क्यापिटलले एनआई सी एशिया बैंक लि. म्युचुअल फन्ड अन्तर्गत चारवटा योजना सञ्चालन गरिरहेको छ । जस अन्तर्गत तीनवटा बन्दमुखी योजनाहरु ‘एनआईसी एशिया ग्रोथ फण्ड’, ‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ र ‘एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्ड’ तथा एउटा खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ सञ्चालन गरिरहेको छ। पाँचौं रु. १ अर्ब बराबरको बन्दमुखी योजना ‘एनआईसी एशिया फेलेक्सी क्याप फण्ड’ नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको अन्तिम चरणमा रहेको छ।
एनआईसी एशिया ग्रोथ फण्ड तथा एनआईसी एशिया ब्यालेन्सड् फण्डले सञ्चालनमा आएको पहिलो वर्ष देखि नै नगद लाभाशं वितरण गर्न सफल भएको छ ।
ग्रोथ फन्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ५२ प्रतिशत लाभाशं वितरण गरिसकेको छ। ब्यालेन्सड् फण्डले सञ्चालनमा आएको पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ३८ प्रतिशत नगद लाभाशं वितरण गर्न सफल भएको पाइन्छ ।
पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड सञ्चालनमा आएको पहिलो वर्षमा नै १० प्रतिशत लाभांश वितरण गर्न सफल भएको थियो।
उक्त लाभाशं वितरण पश्चातसमेत चालु आ.व.को पहिलो त्रैमास अन्त्यमा एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पत्ति मूल्य (न्याभ) रु.१५.४६ र एन आईसी एशिया ब्यालेन्सड् फण्डको १४.२८ तथा एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको १०.६६ कायम गर्न सफल भएको छ । तेश्रो बन्दमुखी योजना एनआईसी एशिया सेलेक्ट ३० इन्डेक्स फन्डको बाँडफाँड भएको पहिलो तीन महिनामा न्याभ ९.७९ कायम रहेको बताइएको छ।
लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम विभिन्न योजनाहरु संचालन गरी आ.व. २०७७/०७८ मा लगानी व्यवस्थापन सेवा लिने सेवाग्राहीलाई रु.३५ करोडभन्दा बढी मुनाफा वितरण गर्न सफल भएको छ । क्यापिटलले आ.व. २०७८/०७९ को पहिलो त्रैमाससम्म ४७३ जना ग्राहकबाट रु.१ एक अर्ब ४६ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेका छ। जुन गत वर्षको सोही अवधीको तुलनामा ९९.४४ प्रतिशतले वृद्धि हो।
क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत Income Guaranteed Fund, Priority Services, Share Clinic जस्ता विशेष योजनाहरु सञ्चालन गरिरहेको छ। जुन सेवा अनलाइन मार्फत समेत लिन सकिन्छ।
क्यापिटलले निक्षेप सदस्य सेवा अन्तर्गत देशको सम्पूर्ण भू–भागमा बसोबास गर्ने आमजनता माँझ डिम्याट खाताको पहुँच सहज र सर्वसुलभ तरिकाबाट पुर्याउने मुख्य उद्देश्यका साथ विगतका वर्षदेखि नै एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरिरहेको छ।
क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माँझ पुर्याउन एनआईसी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका ३५६ शाखा कार्यालयहरू तथा ७० वटा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, सेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्यबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
डिम्याट खाता खोल्दा लामो समय लाग्ने र उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न निकै असहज भइरहेको भन्ने जनगुनासो सम्बोधन गर्न नेपालको जुनसुकै भू–भागबाट समेत अनलाइनमार्फत डिम्याट खाता खोल्ने ग्राहकहरुलाई १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने व्यवस्था मिलाएको छ। क्यापिटलले २०७८ साल आश्विन मसान्तसम्ममा ५ लाख डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर एक कम्पनी बन्न सफल भएको छ।
क्यापिटलले समग्र बजारको १०.९६ प्रतिशत हिस्सा ओगटन सफल भएको छ। हाल क्यापिटलले एक नेपाली, एक डिम्याट खाता अभियानका साथै चार वर्षको नविकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्म डिम्याट खाता नविकरण हुने, रु.२,५०० एकमुष्ट भुक्तानी गर्दा लाईफटाईम डिम्याट खाता नविकरण हुने, अनलाइनमार्फत डिम्याट खाता खोल्दा १ घण्टाभित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने लगायतका योजनाहरु संचालन गरिरहेको छ ।
यसका साथै डिम्याट खाता खोल्ने सेवाग्राहीहरुको संख्या बढेसंगै ग्राहकहरुको आवश्यकता अनुरुपको जानकारी उपलब्ध गराउने मुख्य उद्देश्यका साथ छुट्टै कस्टुमर केयर ऐक्सीलेन्सी युनिट खडा गरी सेवा प्रदान गर्न सुरु गरिसकेको छ।
वि.सं.२०७८ कात्तिक ९ ०९:३७