back
prabhu insurance
himalayanlife

नेरूडे लघुवित्तको सेयर प्राइम कमर्सियल बैंकले बेच्ने

काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर लिलाम बिक्री गर्ने बुझिन आएको छ।

बैंकले लघुवित्तको एक लाख १३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्न लागेको जनाएको छ ।

बैंकले बोलपत्र बढाबढ प्रक्रियामार्फत सेयर बिक्री गर्नेछ । सो सेयर खरिदका लागि २३ कात्तिकदेखि १ मंसिरसम्म शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ । सेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ । त्यसैले सिलबन्दी बोलकबोल गर्दा लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ।

लगानीकर्ताले न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सबै सेयरका लागि आवेदन दिन सक्ने जनाइएको छन्।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कम्पनीमा सानिमा क्यापिटल लिमिटेडलाई तोकेको छ। बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरूले मंसिर १ गते सम्म आवेदन पेस गर्नुपर्ने हुन्छ ।

लगानीकर्ताले यसमा सानिमा क्यापिटल पुतलीसडक काठमाडौंबाट पनि आवेदन दिन सक्ने बताइएको छ।