back
stc
prabhu insurance

नेपाल बङ्गलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम रहेको छ। चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र लाभांश प्रयोजनार्थ बुकक्लोज सहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ।

नेपाल बङ्गलादेश बैंकले मंसिर २ गते बिहीबार सत्ताइसौँ वार्षिक साधारण सभाबाट उक्त प्रस्तावित लाभांश पारित गर्ने छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १५ गते बुक क्लोज गर्दैछ। सभाले संस्थापक समूहबाट ३ जना सञ्चालकहरु र सर्वसाधारण समूहबाट ३ जना नयाँ सञ्चालकको निर्वाचन गर्ने छ ।