back
stc
prabhu insurance

नक्कली जग्गा धितो राखि १९ करोड ऋण प्रवाहमा पर्सा शाखाका कर्मचारी नै मुख्य दोषी

काठमाडौं। गायक योगेश्वर अमात्यको बारा विश्रामपुर स्थित बिरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ विगाहा जग्गाको नक्कली लालपूर्जा तथा अन्य कागजात बनाएर १९ करोड ऋण कुमारी बैंक लि.को पर्सा शाखाबाट लिएको विषयले अहिले नेपालको बैंकिङ क्षेत्र तरङ्गित पारेको छ ।

बैंक यस मामिलामा कसरी चुक्यो भनेर उच्चस्तरीय अध्ययन र अनुसन्धान भैरहेको छ । यो घटना बाहिर आउँदै गर्दासम्म गायक अमात्यको जग्गा सुरक्षित रहेको छ भने बैंकले पनि किर्ते कागजातका आधारमा प्रवाह गरेको १९ करोड रकमको रिकभर गरिसकेको छ ।

किर्ते कागजातका आधारमा कर्जा अप्रूभल भएपछि मात्रै बैंकले यो विषय थाहा पाएको थियो । त्यसपछि बैंकले ऋण लिनेहरू मध्येहरुबाट नयाँ धितो कायम गराई पब्लिकको पैसा सुरक्षित गरेको पाएको छ ।

बैंक नेतृत्वले किर्ते कागजात पेश गरी यो सबै काम भयो भनेर थाहा पाए लगत्तै इनिसिएसन लिएर पब्लिकको पैसा सुरक्षित गरेकै कारण उनीहरुको नियत खराब नदेखिएको नेपाल राष्ट्र बैंकको उच्च स्रोतले बताएको छ ।

बैंकका उच्च अधिकारीहरुलाई यो विषयमा तान्न खोजिएको छ । तर, यो काम गर्दा किर्ते कागजात प्रयोग भएको विषय थाहा पाए लगत्तै बैंकले पब्लिकको पैसा जोगाउने काम गरेको छ । यो सराहनीय पक्ष हो ।

घटनाक्रमलाई सरसर्ती हेर्दा बैंकका उच्च तहका कर्मचारीहरुको मिलेमतोमा यो घटना भएको देखिदैन । यश विषयमा सीआइबीले गम्भीर अनुसन्धान गरिरहेको पनि छ। यश विषयमा बैंकका उच्च अधिकारीलाई आरोप लगाउनु हतारो हुन्छ ।

यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले समेत कुमारी बैंकबाट किर्ते कागजात पेश गरी १९ करोड ऋण लिइएको प्रकरणमा हालसम्म बैंकिङ फ्रडसम्बन्धी कुनै पनि तथ्य फेला पारिसकेको छैन ।

सीआइबीका डिएसपी सुकदेव खनालले सरकारी कागजात किर्ते गरी बैंकलाई ठगी गरिएको विषयमा अनुसन्धान केन्द्रीत गरिएको बताएका छन । अहिलेसम्म प्राप्त तथ्याङ्कहरुले यो प्रकरण बैंकिङ फ्रडसँग सम्बन्धित छैनन । व्यूरोको अनुसन्धान जारी छ, फ्रडसँग सम्बन्धित तथ्यहरु सिनमा आए त्यसतर्फ पनि व्यूरोले अनुसन्धान गर्ने भएको छ ।

त्यसैले अहिले हुँदै नभएको वा फेला नै नपरेको तथ्यको विषयमा बोल्न र भ्रामक समाचार दिनु उपयुक्त हुँदैन। व्यूरोको सम्पूर्ण अनुसन्धान किर्तेमा फोकस भएको छ । हालसम्म बैंकिङ फ्रडसँग सम्बन्धित तथ्य नभेटिएको व्यूरो स्रोतको भनाई छ ।

बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिम्सिनाले ऋण लिंदा प्रयोग भएको किर्ते कागजातको विषयमा थाहा भए लगत्तै बैंकको पैसा जोगाउने काममा आफूहरु केन्द्रीत भएको प्रष्ट्याएका छन ।

उनले भने– ‘योगेश्वर अमात्यको जग्गा पनि सुरक्षित छ र हाम्रो बैंकको पैसा पनि । मालपोतको किर्ते कागजात बनाएर घटाइएको यो प्रकरणमा बैंकको खराब नियत छैन । अनुसन्धान भइरहेको छ, हाम्रो दोष प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार छौं ।’

आफूहरुले कर्जा प्रवाह गर्दा हेर्नुपर्ने सबै पक्ष हेरेर, ऋण लिन खोज्नेको ड्यू डेलिजेन्स लगायतका एनलिसिस गरेरै कर्जा अप्रूभ गरेको उल्लेख गर्दै पब्लिकको पैसा सुरक्षित रहेको समेत उनले प्रष्ट पारेका छन् ।