back
stc
prabhu insurance

माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रल सेवा संचालन

काठमाडौं । माछापुच्छ्रे बैंकले एमबिएल कार्डलेस विथड्रल सेवा संचालनमा ल्याएको छ । बैंकल‍े डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले उक्त सेवा संचालनमा ल्याएको जनाएको छ ।

यो सेवामा हाल डेबिट कार्ड प्रयोग गरी एटिएमबाट रकम झिक्दै आएका माछापुच्छ्रे बैंकका ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सन गई बैंकको एटिएमहरुबाट नगद झिक्न सक्नेछन् ।

यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध गरेको छ ।