नेपाल बंगलादेश बैंकको लाभांश पारित गर्न मंसिर २ गते वार्षिक साधारण सभा
काठमाडौं । नेपाल बंगलादेश बैंकले १५ प्रतिशत लाभांश अनुमोदन गर्न मंसिर २ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने एजेन्डा रहेको छ ।
साधारण सभा बिहान ११ बजे भर्चुअल मध्यमबाट सुरु हुनेछ । यसका लागि बैंकले सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने बताएको छ ।
सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १५ गते बुक क्लोज गरेको छ । यसर्थ, कात्तिक १४ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउने छन् ।
वि.सं.२०७८ कात्तिक ३० ०८:०५




















