आज बैंकिङ दिवस
काठमाडौं । आज नेपालमा बैंक स्थापना भएको दिन हो। नेपालमा ८५ वर्ष अगाडि वि.स.१९९४ कार्तिक ३० गते आजकै दिन १० जना निजी लगानीकर्ता र राणा सरकारको संयुक्त लगानीमा नेपाल बैंक लिमिटेडको स्थापना भएको थियो।
सरकार र राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर राणाले राजा श्री ५ त्रिभुवन समक्ष बैंक खोल्न राखेको प्रस्तावको परिणाम थियो, नेपाल बैंक लि.को जन्म ।
राजा त्रिभुवनबाट प्रस्ताव स्वीकृत भएपछि जुद्धशमशेरले आफूनिकट केही व्यक्तिलाई बैंक खोल्ने तयारी थाल्न अह्राएका थिए ।
नभन्दै १० जना लगानीका लागि तयार भए, सरकार पनि शेयरधनी रहने भयो । त्यसका लागि १२ जना कर्मचारी तयार गरियो । अनि १९९४ कात्तिक ३० गते राजा त्रिभुवनबाट नेपाल बैंकको उदघाटन भएको थियो । त्यसरी नेपाल बैंकिङ युगमा प्रवेश गर्यो । त्यसैले आजको दिनलाई बैंकिङ दिवसका रूपमा मनाउन पर्दछ।
वि.सं.२०७८ कात्तिक ३० १२:२४




















