back
stc
prabhu insurance

एकै दिन सेञ्चुरी कमर्सियल बैंकका तीन नयाँ शाखा विस्तार

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा आज थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्ट छुटै कार्यक्रमहरुकाबीच उक्त शाखाहरुको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।

बैंकले एकै दिन कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलालीको लम्की नगरपालिका लम्की बजारमा लम्की शाखा र बर्दियाको गुलरिया नगरपालिका  गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो ।

बैंकको शाखा उद्घाटन कार्यक्रमहरुमा विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्तिहरु, उद्यमी व्यवसायीहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख संचालन अधिकृत अनिल रेग्मी लगायत स्थानी यवासीहरुको उपस्थिति रहेको थियो ।